९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपप्रधानमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको अनुगमन



१९ पुस ०७९, काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठयातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमनमा गएका छन् । सेवाग्राहीको धेरै गुनासो आउने सूचनापछि मन्त्री श्रेष्ठले मंगलबार अनुगमन गरेका हुन् ।

यातायात कार्यालयमा सेवाग्राहीले गुनासो गरेपछि मन्त्री श्रेष्ठले अनुगमन गरेका हुन् । कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले सेवाग्राहीसँग समस्याबारे जानकारी लिएका थिए । त्यस्तै मन्त्री श्रेष्ठले लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीसँग तपाईंहरूको समस्या के-के छन् भनेर सोधेका थिए ।

एकान्तकुनाको अनुगमनपछि मन्त्री श्रेष्ठले ठूलो भर्‍याङ र गुर्जुधाराको यातायात कार्यालयको अनुगमनमा निस्किएका छन् । उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारी लाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  २ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।