९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधव नेपालले भने, ‘मेरो आलोचना र केपी ओलीको प्रशंशा नगर्नु’




काठमाडौं
१९ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नोको आलोचना र केपी ओलीको प्रशंशा नगर्ने कार्यकर्तालाई निर्देशन भएका छन् ।
आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने भन्दै एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गरेका थिए । उनले सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्तिलाई सचेते गराए । उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित हुनै नसक्ने बताए ।
अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको बताए । उनले भने, “बैठकमा सबैले खुलेर आफ्नो विचार व्यक्त गर्नुभएको छ । आफूलाई लागेका कुरा बाहिर प्रचार गर्ने काम बन्द गर्नुपर्छ ।” पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने र विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको उनको भनाइ थियो ।
केही दिनअघि समाजवादीकी नेतृ तथा पुर्वमन्त्रीरामकुकमारी झाव्रmीले सार्वजनिक सञ्चारमाध्यममा बोलेकी थिइन् ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।