३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारको साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी



२१ पुस ०७९, काठमाडौं । सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।
बुधबार बसेको बैठकमा न्यूनतम साझा कार्यक्रमका विषयमा विषयमा छलफल भएको थियो । उक्त बैठकपछि हीबार (आज)सम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका थिए ।
न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालन र यसका काम कारबाहीका विषय समेटिने बताइएको छ । आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम बनाउने दलहरूको तयारी छ ।

सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेछन् । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।