११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं, भक्तपुरको हावा अस्वस्थकर



२१ पुस ०७९, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर प्रदूषण बढेको छ । पानी नपर्दा धुवाँधुलो बढेको छ । यसले गर्दा वायू प्रदूषण दिनहुँ बढिरहेको छ । हावाको गुणस्तर सूचक मापन एअर क्वालिटी इन्डेक्सको अघि बिहान पौने ८ बजेको डाटा अनुसार भक्तपुर, काठमाण्डौ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर छ ।

काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ५३ रहेको छ । यस्तै, भक्तपुरको १ सय ५४, तुलसीपुरको १ सय ८ र धनकुटाको १ सय ६ रहेको छ । एक्यूआई सूचकाङ्क एक सयदेखि १ सय ५० सम्म पुग्नुलाई बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा १ सय ५० भन्दा माथि एक्यूआई पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ ।

एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ०७ बजे