२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान



गुल्मी, २४ पुस ।  गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि परीक्षण उडान भरेको हो ।

परीक्षण उडानको विमानवाट प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की लगायतका नेता रेसुंगा पुगेका हुन् ।

परीक्षण उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि पहल हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  परीक्षण उडानपछि नियमित उडानका लागि थप प्रक्रिया थाल्ने यति एयरलाइन्सले जनाएको छ ।

परीक्षण उडान हुने अवसरमा आज रेसुङ्गा नगरपालिकामा विदा दिइएको छ ।  २०६३ सालमा शुरु भएको विमानस्थल १६ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल ३३ करोड लागतमा बनेको हो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ३ : ४२ बजे