११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको दधिकोटस्थित एक घरमा विस्फोट



भक्तपुर
२५ पुस । भक्तपुरको दधिकोटस्थित एक घरमा विस्फोट भएको छ । सोमबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ३ काठमाडौं ल कलेज पछाडि रहेको रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो ।

विस्फोटबाट एक जना घाइते भएका छन् । घरको पर्खाल भत्किएको छ । पार्किङमा राखिएको कारको सीसा र छिमेकीको घरको झ्यालका सीसा पनि फुटेका छन् ।प्रहरीका अनुसार ग्यास सिलिण्डर लिक भएर विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १ : ३८ बजे