७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यति एअरकाे विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग



काठमाडौं, १ माघ। सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनका अनुसार पोखरामा रहेकाे गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।