७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यति एयरलाइन्सको ब्ल्याक बक्स भेटियो



काठमाडौं, २ माघ । पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको ब्ल्याक बक्स आज भेटिएको छ । आइतबार दुर्घटना भएको यति एयरलाइन्सको ब्ल्याक बक्स २४ भण्टापछि भेटिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको बताएका छन् । उक्त ब्ल्याक बक्सलाई काठमाण्डुं ल्याउने तयारी भइरहेको छ ।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।