काठमाडौं, ४ माघ । सरकारले उखुको मूल्य बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा उखुको यो वर्षको बिक्री मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको छ ।
४ माघ २०७९, बुधबार
0
Shares
प्रतिक्रिया