७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


प्रतिनिधिसभा सभामुखमा देवराज घिमिरे विजयी



काठमाडौं, ५ माघ । प्रतिनिधिसभा सभाभुखमा देवराज घिमिरे विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।

कांग्रेसको तर्फबाट उम्मेदवार ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन्।

‘हाल बहाल रहेको २६८ मध्ये बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको छ’, सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे।

नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका थिए। एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।