
काठमाडौं
५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गरे ।
“राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता साझेदार दलभित्रको सहमति त्यही हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ”, अध्यक्ष ओलीले भने ।
पछिल्लो समय नेपाली काँग्रेसले प्रधानमन्त्रद्दी शेर बहादुर देउवालाई विस्वासको मत दिएको बदलामा आफ्नो पार्टीको उम्मेदवारलाई समहतप्को उम्मेदवार बनाउनु पर्ने तर्क गरेको छ । तर सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवार एमालेको हुनु पर्ने माग गरेको छ ।







प्रतिक्रिया