११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा वायु प्रदूषण : एक्यूआई एक सय ६० भन्दामाथि



काठमाडौं, ६ माघ । देशभर वायु प्रदूषण बढेको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यस्तै धनकुटा र दाङमा पनि प्रदूषण उच्च छ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक सय ६० भन्दामाथि रहेको छ । बिहान सवा ७ बजे सबैभन्दा धेरै भक्तपुरमा एक्यूआई एक सय ६३, काठमाण्डौमा एक सय ६१ र ललितपुरमा १ सय ५९ छ । त्यस्तै धनकुटामा एक्यूआई एक सय ६० र दाङको तुलसीपुरमा एक सय ५४ रहेको छ ।
एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो उति घातक मानिन्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने विज्ञले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ५७ बजे