
ललितपुर, ८ माघ । ललितपुर महानगरपालिका २५ भैँसेपाटी फूलबारी मार्ग बस्दै आएकी धनकुटाकी ३९ वर्षीया नम्रता राईले जस्ताले छाएको टहरा न्यानो पार्न शनिबार राति आगो बाल्दा निधन भएको छ ।
टहरासँगै दन्किएको आगोमा जलेर उनको निधन भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार व्यापार गर्ने उद्देश्यले उनले केही दिनअघि मात्रै स्थानीय दुर्गा श्रेष्ठसँग जग्गा भाडामा लिएकी थिइन् । उनी त्यहाँ तीन दिनअघिबाट बस्न सुरु गरेकी थिइन् । चिसो बढेपछि उनले शनिबार बेलुका आगो बालिन् । आगो सल्किएर टहराभित्र फैलियो । तर, निसास्सिएकी उनी बाहिर आउन सकिनन् । उनको निधन भयो ।
प्रतिक्रिया