११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


इन्द्रजात्राको भैरव अनुहार ‘हाथाद्यो’ फ्रान्सको प्रसिद्ध म्युजियममा फेला



काठमाडौं, १० माघ । इन्द्रजात्राका बेलामा उपयोगमा आउने भैरव अनुहारको ‘हाथाद्यो’ फ्रान्सको बियारिट्जस्थित प्रसिद्ध म्युजियम ‘एसियाटिका’मा फेला परेको छ ।
हराएका सम्पदाको खोजी अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, काठमाडौं किलागलबाट हराइरहेको ‘हाथाद्यो’ फ्रान्समा भेटिएको हो । सत्रौं शताब्दीको सम्पदा मानिने ‘हाथाद्यो’बाट इन्द्रजात्राको पर्वमा भैरवको प्रसादस्वरुप छ्याङ(जाँड) लिने प्रचलन रही आएको छ ।
तलेजु भवानीका पुजारी उद्धव कर्माचार्यका अनुसार, यस्ता प्रतिकात्मक ‘हाथाद्यो’ हरु भैरवका अधिकांस मुर्तिहरुमा राख्ने गरिएको छ । प्राचीन महत्त्व र अर्थका दृष्टिमा किलागल ‘हाथाद्यो’ लाई विशिष्ट मानिँदै आएको छ । किलागल ‘हाथाद्यो’को तस्बिर जुडिथ कोनन चेजको ‘लिभिङ ट्रेडिसन्स अफ नेपाल : द ब्युटी अफ प्रपोजफुल लिभिङ(२०१९)’ पुस्तकमा उल्लेखित छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : ०१ बजे