२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बोतल जर्किनमा पेट्रोल बिक्री गरे कारबाही



एक पसलमा बिक्रिका लागि राखिएको । तस्विर : ललितपुर खबर

काठमाडौं, ११ माघ । नेपाल प्रहरीले बोतल र जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने पम्प सञ्चालकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सुरक्षा संवेदनशीलताविपरीत पेट्रोलियम पदार्थको बिक्रीवितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हदैसम्मको कानुनी कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।

केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले नेपाल प्रहरीले त्यस्ता कार्य रोक आग्रह गरेको छ।

पेट्रोलियम पदार्थ खुला रुपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नराखन सुझाव दिएको छ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।