४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


रवि लामिछानेविरूद्वको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । उक्त मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको थियो।
बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो।
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तले बहस गरेका थिए भने सहमहान्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरे। यसअघि रिट निवेदकका वकिलहरूले बहस गरेका थिए।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।