११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको क्लिनिकमा अनुमती नपाएको स्वास्थ्यकर्मीद्वारा गर्भपतन




भक्तपुर
१२ माघ । भक्तपुरका क्लिनिकहरुमा अनुमती नपाएका स्वास्थ्यकर्मीले विरामीको गर्भपतन र चिरफार समेत गरेको पाइएको छ ।
भक्तपुर नगरपालिकाको अनुगमन समितिले मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ ।
बुधबार भक्तपुर नगरपालिकाक अनुगमन समितिले नगरभित्र गरेको अनुगमनको क्रममा यो तथ्य फेला परेको हो । अनुगमनको क्रममा सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि चिरफारसमेत गरेको पाइएको हो ।
अनुगमन गरिएका केही औषधि पसलमा लागुऔषधका रुपमा लिइने र चिकित्सकको अनुमतिबिना बिक्री गर्न नपाइने नार्कोटिक पनि जथाभावी बिक्री गरेको पाइएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले बताएका छन् ।
अनुगमनमा लोकहित डेन्टल होम, च्याम्हासिंह मेडिकल हल, कल्याण फार्मेसी, नवदुर्गा औषधि पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । समितिले बिक्रीका लागि राखिएको म्याद नाघेका औषधि ओविचेक १०० एस आर, फेबु–४० लगायतका औषधि जफत गरी नष्ट गरेको निरीक्षक प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ७ : २३ बजे