काठमाडौं, १३ माघ । सुन शुक्रबार भने सस्तिएको छ । माघ १३ गते, सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आजको भाउ अघिल्लो सुनको रेकर्डभन्दा ३०० रुपैयाँले धेरै हो । गत वर्षको फागुन २५ गते, सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँको रेकर्डस्तरमा पुगेको थियो ।
तर बिहीबार भने सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । हिजो सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँको उच्च स्तरमा पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँ कायम रहेको छ ।
१३ माघ २०७९, शुक्रबार
0
Shares
प्रतिक्रिया