ललितपुर खबर
१४ माघ । जीवनमा दुःख पाइयो भनेर सुस्केरा हाल्नेहरु यहाँ बग्रल्ती छन् । अरुले कार चढेको र ठूला घरमा आराम गरेको देखेर आफूलाई दुःखी सम्झनेहरुको पनि कुनै कमी छैन ।
तर चरम गरिवी होइन । हिड्न, बोल्न र देख्नै नसक्नेहरु समेत संर्घष गर्दै यही समाजमा बाँचिरहेका छन् । उनीहरुको जीवन कठीन छ । तै पनि बाँचेकै छन् ।
अपाङ्गता भएका मानिसहरुलाई सरकारी साहाराले जीवन धान्न मुस्किल छ । हरेक महिना थोरै सरकारी भत्ता दिने गरे पनि आफूलाई नपुग्ने उनीहरुको गुनासो छ ।
अपाङ्ता भएका व्यक्तिहरु हिड्ने ह्वीलचेयरमैत्री सडक भवन छैनन् , दृष्टिविहीन हिड्ने सडक संरचनाको अभाव छ । कान नसुन्ने अपाङ्गता भएका व्यक्तिहरुले पढ्ने ब्रेललिपीका पाठ्य सामाग्री छैनन् । धेरै अपाङ्ता भएका व्यक्तिहरु अरुको साहरामा बाँचिरहेका छन् । सडकमा मागेर र संघसंस्थाको आश्रय उनीहरुको जीवनको साहरा हो ।
प्रतिक्रिया