९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्यानका अध्यक्षसहित पदाधिकारीको राजीनामा माग



काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहितका पदाधिकारीको राजीनामा मागिएको छ । क्यानकै सात केन्द्रीय सदस्यले आज पत्रकार सम्मेलन गरी अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच पदाधिकारीको राजीनामा मागेका हुन् ।

क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चन्दसहित सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्का छन् ।

पत्रकार सम्मेलनमार्फत केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा मागेका हुन् ।

उनीहरूले नेपाल टी– २० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै पदाधिकारीको राजीनामा मागेका हुन् । उनीहरूले नेपाली टी– २० लिगको मुख्य दोषी क्यानको कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्य रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ४४ बजे