९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँयो, दुई जनाको मृत्यु, ६ जना घाइते



ललितपुर, १६ माघ । ललितपुरमा दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । ललितपुर महानगरपालिका १७ ग्वार्कोमा बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे ठोक्किँदा ट्याक्सीमा रहेका ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षका सरोजकुमार विक र काठमाण्डौको कलङ्की बस्ने मोरङका अन्दाजी ३५ वर्षका धनबहादुर बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा गएराति नै ज्यान गएको हो । यस्तै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको पनि यही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापा बिर्तामोडका ३५ वर्षका वीरबहादुर विकको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : १० बजे