३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीलाई रविले भने,’ गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिन्छौं’



काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका लामिछाने पुनः सोही पदमा फर्कन पहल गरिरहेका छन् ।
नागरिकता मुद्दा हारेपछि रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो । अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् ।
भेटमा प्रधानमन्त्री दाहालले भने सत्ता साझेदार दलसँग परामर्श गरेर आवश्यक निर्णय गर्ने बताएका छन् ।
बदलिएको परिस्थितिमा गृह मन्त्रालय रास्वपालाई नछाड्न प्रधानमन्त्री दाहाललाई माओवादी नेताहरूको दबाब छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।