काठमाडौं, १८ माघ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।
नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।
नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ र मट्टीतेलमा ४.८० रुपैयाँले बढेको छ। हवाई इन्धनमा पनि लिटरमै ७.५० रुपैयाँले बढेर आएको निगमले जनाएको छ। नयाँ मूल्य आएपछि निगमललाई पाक्षिक (१५ दिन)मा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिन्छ।
प्रतिक्रिया