२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच गठबन्धन जोगाउन भेटवार्ता



प्रम दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गर्दै । लेन्स सौजन्यः अध्यक्ष ओली सचिवालय/रासस

काठमाडौं
२१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच गठबन्धन जोगाउन भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको साथ रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने धम्की दिदै आजसम्मको अल्टिमेटन दिएको थियो ।
नागरिकता मुद्दामा उक्त पार्टीका सभापति रवि लामिछानेलाई सवोच्च अदातलले ससंद र गृहमन्त्री पदबाट निलम्बन गराएसँगै सत्ता गठबन्धनमा समस्या आएको हो ।
सभापति लामिछानेले गत आइतबार पुनः नागरिकता दिएपछि गृह मन्त्रालयमा आफूलाई पुर्ननियुक्ती दिन आग्रह गरेका छन् । पार्टीले निर्णय गरेको भन्दै सभापति लामिछाने नै गृहमन्त्री बन्ने अवस्था आएपछि एमाले सभापतिले समर्थन गरेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल तत्काल यो निर्णन नगर्ने पक्षमा छन् ।
माओवादीभित्र आफ्नै पार्टीका नेतालाई गृहमन्त्री बनाउन दवाव छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।