९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा प्रदर्शन



काठमाडौं, २२ माघ । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । युवाहरुको समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।

बलात्कार अभियोग लागेपछि नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका लामिछाने बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा सहभागी भएका थिए । क्यानको पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । क्यानको यस्तो निर्णयविरुद्ध नै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले ‘मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन’, ‘चतुर चन्दको चतुर्‍याइँ बलात्कारीको हर्ष बढाइँ’, ‘क्यान बलात्कार आरोपीको मतियार’, जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।

सन्दीपलाई तत्काल राष्ट्रिय टिमबाट हटाउनुपर्ने उनीहरूको माग छ । प्रदर्शनकारीहरूले माग पूरा नभए कडा भन्दा कडारुपमा उत्रिने बताएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ५१ बजे