२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शम्शेर राणाको निधन




काठमाडौं
२२ माघ ।नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा अर्थसचिव हिमालय शम्शेर राणाको ९५ वर्षको उमेरमा आज बिहान ६ः३० बजे नर्भिक अस्पतालमा निधन भएको छ ।
पूर्वमन्त्री सुनिल थापाका अनुसार उनको आज आइतबार विहान ६ः३० बजे निधन भएको हो ।
लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।.
हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।