
काठमाडौं
२२ माघ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।
पार्टीका सभापति रवि लामिछाने नागरिकत्ता मुद्दामा सवोच्च अदातलले दोषि ठहर गर्दै गृहमन्त्री पद सासंदसहित सवै जिम्मेवारीबाट हटाएपछि उनले काठमाडौं जिल्ला प्रशासनबाट पुन नागरिकता लिएर गृहमन्त्रीमा पुर्नबहालीका पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग निरन्तर संवाद गरेका थिए ।
सत्ता साझेदार केपी सहमत रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीमा नियुक्त नगरेपछि आज बसेको बैठकले पार्टी मन्त्रीहरुले राजिनामा दिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
२२ माघ २०७९, आइतबार
0
Shares








प्रतिक्रिया