काठमाडौं, २३ माघ । सुपरमाई हाइड्रोपावरले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आजबाट आवेदन दिन पाउने भएका छन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृि प्राप्त गरी विदेशमा बसेर रोजगार गरिरहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेपपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि आजबाट आवेदन दिन मिल्ने गरी ४ लाख १५ हजार कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी गरेको छ ।
प्रतिक्रिया