९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पल शाह प्रकरणमा दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश



काठमाडौं, २३ माघ । पल शाह (पूर्णविक्रम शाह) लाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
जिल्ला अदालत पूर्वी नवलपरासीले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेपछि उक्त फैसलाविरुद्ध शाह उच्च अदालत पोखरा पुगेका थिए।
शाहको रिटको सुनवाइ गर्दै सोमबार उच्च अदालत पोखराले शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो।
न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। बलात्कार मुद्दामा शाहलाई सफाइ दिँदै पूर्वी नवलपरासी अदालतले बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरेको थियो। उक्त मुद्दामा दोषी ठहर शाहलाई साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिवापत तिराउने फैसला गरेको थियो।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : ०८ बजे