एजेन्सी । टर्कीको काहरामनमारस सहरमा एक पिता आफ्नो मृत छोरीको हात समातेर बसिरहेका छन् ।
उनको १५ वर्षीय छोरीको भग्नावशेषमा पुरिएर मृत्यु भएको हो । पहिलो भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण पूर्वमा रहेको कहरामनमारसको पजारसिक जिल्ला नै थियो ।
सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ।
हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्।
२५ माघ २०७९, बुधबार
0
Shares
प्रतिक्रिया