३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नीर शाहले दिए चलचित्र विकास बोर्डको सल्लाहकार संयोजकबाट राजीनामा



काठमाडौं, २६ माघ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् ।
बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजक समेत रहेका शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।