२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान शुरु



काठमाडौं, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान शुरु भएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सभापति लामिछानेको पासपोर्टमाथि युवराज पौडेल सफलले दिएको जाहेरीको विषयमा अनुसन्धान शुरु गरेको हो ।
सरकारी वकिल कार्यालयले जाहेरीका आधारमा तीन निकायबाट कागजात मगाएर अनुसन्धान शुरु गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।