काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले राखेको विस्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नेकपा एमाले नेतृत्वको सरकार एक महिनामै ढलेको छ ।
प्रदेश सभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन सकेनन् । सभामुख भण्डारीले प्रस्ताव माथिको निर्णय ध्वनी मतका आधारमा गरेका थिए ।
प्रतिक्रिया