८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु




ललितपुर
२६ माघ । महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता विहीबारदेखि सुरु भएको छ ।
महालक्ष्मी नगरभित्रका ३१ विद्यालयका एक हजारभन्दा बढी विद्यार्थी एथलेटिक्स, भलिवल र कवड्डी खेलको प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगिताको निर्णायकमा संसार लाल बैंध्य, भीम नेमकुल हिमाल रञ्जित रहने छन् ।
आज उद्धघाटन सत्रमा यसै क्षेत्रका संघिय सांसद प्रेम महर्जनले खेलकुद क्षेत्रले राष्ट्रलाई नै विश्वसामू चिनाउन मद्यत गर्ने भएकाले भविष्यका कर्णधार विद्यार्थी भाईबहिनीका लागि यो उपयुक्त अवसर भएको उल्लेख गर्दै खेलमा सहभागी गराएकोमा महालक्ष्मी नगरपालिकालाई धन्यवाद दिए ।
यस्तै महालक्ष्मीका मेयर हरिगोविन्द श्रेष्ठले सामूदायिक स्कूलको खेलकुद र सांगितिक कार्यक्रमको लागि छुट्टै प्रशिक्षकको व्यवस्था गर्न लागेको जानकारी दिए । नगरभित्र खेलकुदमार्फत स्वास्थ्य खानपान र रोगव्याधको व्यवस्थापनको लागि विशेष कार्यक्रम आयोजना गर्न लागिएको पनि जानकारी दिए ।
उपमेयर लक्ष्मी महर्जनले नेपालका भाईबहिनीलाई खेलकुदमार्फत राष्ट्रसामू र विश्वसामू चिनाउनका लागि पनि स्थानिय सरकारको नाताले यो प्रतियोगितको आयोजना गरिएको बताउदै भाईबहिनीहरुलाई खेल क्षेत्रमा निरन्तरता दिनको लागि आशा जागेको बताइन् । चाडै नै कपको आयोजना गर्न परिषदसँग सहमती भएको जानकारीसमेत उपमेयर महर्जनले दिइन् ।
तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : २५ बजे