९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भक्तपुरमा प्रधानसेनापति कप क्रिकेट प्रतियोगिता सुरु



भक्तपुर

२७ माघ । सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा आज शुक्रबारबाट १४ औँ प्रधानसेनापति कप अन्तर विद्यालय टि–ट्वान्टी रनिङ्ग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
महाविद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको आज महाविद्यालयका व्यबस्थापन प्रमुख महासेनानी नारायणबहादुर थापा र प्रिन्सिपल दलप्रसाद पुनले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा गौरिघाटस्थित मोक्षदा स्कुल र पेप्सिकोलास्थित अक्षरा स्कुलबीच भएको पहिलो खेलमा मोक्षदाले टस जितेर अक्षरालाई ब्याटिङ् गर्ने निम्तो दियो ।

खेलमा अक्षराले २० ओभरमा चार विकेट गुमाएर ११६ रनको योगदान बनायो । ११७ रनको तार्गेट पछ्याउदै मोक्षदा स्कुलले २ विकेटको क्षतिमा ११८ रन बनाउन सफल हुदै ८ विकेटले म्याच जित्न सफल भयो । मोक्षदाका संयम नेपालले छ० बल खेलेर अभिजित ७५ रन बनाउन सफल हुदै खेलको म्यन अफ दि म्याच घोषित हुन सफल भए ।

प्रतियोगिताको दोश्रो खेलमा आयोजक सैनिक आवासीय महाविद्यालय र डिएभी स्कुलबीच भएको थियो । यस खेलमा डिएभीले टस जितेर ब्याटिङ् रोज्यो र १० दशमलव ५ ओभरमा १० विकेट गुमाएर जम्मा ३६ रन बनाउन सफल भयो । आयोजक सैनिक स्कूलले ६ ओभरमा ३ विकेट गुमाएर ३७ रन बनाई ७ विकेटले म्याज जित्यो । यस खेलमा ५ विकेट लिदै जेसन अधिकारी म्यान अफ द म्याच घोषित भए ।

नौ स्कुलको १० वटा टिम सहभागिता रहेको प्रतियोगिता १० दिनसम्म लिग चरणमा हुने र ११ औ दिनमा सेभिफाइन खेल हुने महाविद्यालयका खेलकुद विभागका संयोजक रनजित राणाले जानकारी दिए । प्रतियोगिता विजेता टिमलाई नगद रु. एक लाखसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद रु. ५० हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । त्यस्तै खेलाडीहरुलाई उनीहरुको प्रस्तुतिको आधारमा म्यान अफ द म्याच, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट बलरलगायतका पुरस्कार प्रदान गरिने भएको छ ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : १८ बजे