३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै निवेदन दर्ता



काठमाडौं २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा दाबी गरिएको छ ।

 

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।