२९ पुस २०८१, सोमबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बजेटको आकार दुई खर्ब ४४ अर्बले घट्यो



काठमाडौं, २९ माघ ।  सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको आकार घटाएको छ । सरकारले मध्यावधि समीक्षा गर्दै बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले  गत जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधि सभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिए । चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने शुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

चालु खर्चतर्फ रू ११ खर्ब ८३ अर्ब २३ करोड बराबर शुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर रू १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन शुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो । त्यसैगरी पुँजीगत खर्चतर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड बराबर शुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन शुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : ४८ बजे