
काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो। तर रास्वपाले समर्थन भने फिर्ता लिएको छैन ।








प्रतिक्रिया