
काठमाडौं
४ फागुन । काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस विस्पोट हुँदा नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । ग्याँस विस्पोटमा उनकी आमाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएपछि उनीहरुलाई उपचारका लागि काठमाडौं किर्तिपुरस्थित अस्पताल लगिएको थियो । डाक्टरहरुले नेता भण्डारीको शरिरको २५ प्रतिशत र उनको आमाको शरिरमा ७५ प्रतिशत भाग जलेको छ ।
भण्डारी गुल्मी क्षेत्र नं.१बाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विपयी भएका हुन् । भण्डारी स्वच्छ छविका नेताका रुपमा नेपाली राजनीतिमा परिचित छन् । १५ प्रतिशतभन्दा धेरै भाग शरिरमा आगोले जलेको अवस्थामा बचाउन कठीन हुने डाक्टरहरु बताउने गरेका छन् ।








प्रतिक्रिया