ललितपुर खबर
४ फागुन । हिन्दुहरुको विषेश पर्व शिवरात्रीका लागि राजधानीको पशुपनिनाथ मन्दिर परिसर सझाइएको छ ।
यहाँ रंगरोगनसँगै झिलिमिलि बत्ती र फूलहरुले सझाउन सुरु गरिएको हो ।
यही शनिबार शिवरात्री पर्वका लागि मन्दिर परिसरमा स्वागत द्वार,पण्डाल कुर्सी र ध्वजापत्ताले सझाएको हो । मन्दिर नजिक विभिन्न अनुष्ठान आयोजना गरिएको छ । मेला भर्न आउने भक्तजनलाई निशुल्क भोजनको व्यवस्था गरिएको छ ।
पशुपतिमा जहाँ हे¥यो त्यहाँ बत्तीले झिलिमिलि बनाएको छ । सडक किनारा मठ मन्दिर र भित्ताहरुमा रंग लगाइएको छ ।
प्रतिक्रिया