९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्वकप क्रिकेट लिग २ : नेपाल स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै




काठमाडौं
५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दैछ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । स्कटल्यान्डले नेपालविरुद्ध ब्याटिङ थालेको छ ।
नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ । नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो । स्कटल्यान्ड बिना दबाब मैदानमा उत्रने छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग २ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ ।
नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । स्कटल्यान्डविरुद्ध आज खेल्ने नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : १६ बजे