९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नामिबियासँगको दोस्रो खेलमा नेपालको सानदार जित



काठमाडौं, ६ फागुन । नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले हराएकाे छ। आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍याे। उनीहरूले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेका थिए। लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो।

घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ। नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो।

खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रन १ सय ३९ रनको साझेदारी गरे। यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो। यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए।

नेपालले लिग २ को एउटा शृङ्खलामा तीन खेल जितेको यो पहिलो अवसर हो। २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृङ्खला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृङ्खला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृङ्खलामा नेपालले यसअघि २–२ खेल जितेको थियो। लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : ४७ बजे