४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा करेन्ट लागेर जुनुमाया माझीको मृत्यु



भक्तपुर, १४ फागुन । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। काभ्रे चौरीदेउराली गाउँपालिका–४ घर भएकी २४ वर्षीया जुनुमाया माझीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
सूर्यविनायक नगरपालिका–९ पलासेस्थित राजकुमार खत्रीको आशापुरी ह्याचरीमा उनी काम गर्थिन्। त्यहाँ काम गर्नेक्रममा मोटरबाट करेन्ट लागेर उनी घाइते भएका थिइन्।
उनको उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।