भक्तपुर, १४ फागुन । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१४ फाल्गुन २०७९, आइतबार
38
Shares
प्रतिक्रिया