काठमाडौँ
गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रर्बद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहकाबिच बिद्युत आयोजनको भर्चुअल रुपमा टरबाईन सञ्चालन गरी समुदघाटन गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउदै बालुटारमा सोमवार आफ्नै निर्वाचन क्षेत्रमा अवस्थित विकास हाइड्रोको विद्युतिय माध्यमबाट उदघाटन गरेका हुन । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउदै गोरखा जिल्लाको हाइड्रोको उदघाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा लगानीकर्तालाई धन्यवाद ब्यक्त गरे । प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए ।
उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाऊदै बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र तेसपछी विकास निर्माणको काममा लाग्ने बताए । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको जनाउदै प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवादसमेत दिए । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उदघाटन गर्ने अवसर जुटाइदिनुभएकोमा प्रधानमन्त्रीले धन्यवाद ब्यक्त गर्दै यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास लिएको बताए ।
प्रतिक्रिया