४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्कली लाइसेन्स बनाउने भक्तपुर व्यासीका मानन्धर पक्राउ



भक्तपुर, १६ फागुन । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको सुनापाती गाउँपालिका–५ घर भइ हाल भक्तपुरको व्यासीमा बस्दै आएका नवीन मानन्धर रहेका छन्। सोमबार प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ‘ए,बी’ वर्गको सवारी चालक अनुमति पत्र र ए, बी, एफ र जी वर्षको सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारेको हो।

केही व्यक्तिहरुले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाएर प्रयोग गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा मानन्धरलाई नक्कली लाइसेन्ससहित पक्राउ गरिएको हो। नियन्त्रणमा लिइएका मानन्धरलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेलमा बुझाइएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।