९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सीतापाइलामा अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने



काठमाडौं, १६ फागुन । काठमाडौंको सीतापाइलामा आगामी शुक्रबारदेखि अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने भएको छ । नागार्जुन नगरपालिका–४ स्थित अनुपम मलमा हालै निर्माण भएको दुई अडिटोरियमसहितको सीके सिनेमाज् सञ्चालनमा आउने भएको हो ।
रञ्जना र कीर्तिपुर मल्टिप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले हल सञ्चालनमा ल्याउन लागेका हुन् । ३९१ सिट क्षमताका दुई हलमा अत्याधुनिक प्रोजेक्सन र ध्वनि प्रणाली जडान गरिएको सञ्चालक महर्जनले बताए । उनका अनुसार हलमा डल्बी एटमस ७.१ साउण्ड सिस्टमसहित थ्रीडी प्रविधि जडान गरिएको छ ।
आगामी बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल शुभारम्भ गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : १८ बजे