८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको बुङ्‍मती, धापाखेल र गुइत दमारमा विपद् व्यवस्थापन उपकेन्द्र खोलिने



ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका तीन स्थानमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण शहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन स्थानमा उपकेन्द्र खोल्ने तयारी गरेको महानगर प्रमुख चिरिबाबु महर्जनले बताए ।

वडा नं.२२ स्थित बुङ्‍मती, वडा नं. ८ स्थित गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्ने तयारी गरिएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ५३ बजे