काठमाडौं, १६ फागुन । बागमती नदीको संरक्षणका लागि सरकारले छुट्टै कानून निर्माण गर्ने तयारी गरेको छ । शहरी विकास मन्त्रालयले बागमती नदी संरक्षण र विकास लागि छुट्टै ऐन बनाउनका लागि मस्यौदा निर्माण गर्न थालेको छ । शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार बागमती नदी संरक्षणका लागि कानून बनाउन मस्यौदा निर्माणको काम भइरहेको छ । बागमती संरक्षण तथा व्यवस्थापनको काम गर्न यसअघि मन्त्रीपरिषद्बाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आदेश, २०७३ निर्माण गरेर काम भइरहेकोमा अब ऐन बनाएर काम गर्ने तयारी गरिएको हो ।
१६ फाल्गुन २०७९, मंगलबार
22
Shares
प्रतिक्रिया