९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र छड्के २ को भिटेनको गीत सार्वजनिक




काठमाडौं
नायक अनमोल केसीद्वारा अभिनित बहुप्रतिक्षित चलचित्र ‘छड्के २’को नयाँ गीत सार्वजनिक भएको छ ।
र्यापर भिटेनको ‘छड्के खालास’ बोलको गीतमा उनकै शब्द, संगीत र आवाज छ । आगामी फागुन १९ गतेबाट चलचित्र घरहरुमा लाग्ने छड्के २ निगम श्रेष्ठको लेखन र निर्माण रहेको छ ।
निर्भाना फिल्म स्कुल, काभ्रे फिल्मस् र मेधाको ब्यानरमा निर्मित चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
चलचित्रमा मा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ५० बजे